भारतमा कपाल छोटो पारिदिएका कारण सैलुनलाई तीन करोड २० लाख रुपैयाँ जरिबाना
भारतमा एउटा उपभोक्ता अदालतले गलत कपाल काटिदिएका कारण एउटा सैलुनलाई दुई करोड भारतीय रुपैयाँ ( तीन करोड २० लाख )नेपाली रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ। कपाल काटिएकी महिलाले कपालसम्बन्धी सामग्री बनाउने कम्पनीहरूबाट लामो कपालकै कारण काम पाउने गरेको अदालतको ठहर छ। कपाल काट्दा गरिएको लापरबाहीका कारण उनी गम्भीर मानसिक समस्या र आघातबाट गुज्रिएको एवम् काममा ध्यान दिन नसक्दा काम नै गुमाएको अदालतले उल्लेख गरेको छ । उक्त सैलुनले उनले भने विपरीत छोटो हुने गरी कपाल काटिदिएको थियो जसका कारण उनले ठूलो घाटा बेहोर्नुपरेको अदालतले उल्लेख गरेको छ ।