भारतमा सैन्य कारबाहीमा कम्तीमा १३ सर्वसाधारणको मृत्यु
युवा पोस्ट, मंसिर १९,२०७८,
भारतको उत्तरपूर्वी राज्य नागाल्यान्डमा गए राति म्यानमारसँगको सीमा नजिकै भएको सैन्य कारबाहीमा कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको छ। नागाल्यान्डमा सुरक्षा निकायहरूले वर्षैदेखि पृथक्तावादी लडाकुहरूसँग युद्ध गरिरहेका छन्। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार गस्ती गरिरहेको सैन्य टोलीले खानीमा काम गर्ने स्थानीयहरू कामबाट फर्किरहेका बेला मोन जिल्लामा भुलवश गोली चलाएको थियो। मोन क्षेत्रलाई नगा समूह एनएससीएन(के) र उल्फाको गढ मानिन्छ। भारतका गृह मन्त्री अमित शाहले हत्याको खबरले आफू दुखी भएको बताउँदै राज्य सरकारले घटनाबारे छानबिन सुरु गरेको जनाएका छन्।