भारतले अफगानिस्तानलाई अर्को ठूलो मानवीय सहायताको आपूर्ति गर्ने
युवा पोस्ट,पौष २१ , २०७८, बुधबार,
भारतले ५ लाख कोभिडको खोप अफगानिस्तानलाई कोभाक्सिन सहितको मानवीय सहायताको पछिल्लो खेप प्रदान गरेको छ।
भारतको बिदेश मन्त्रालयले विज्ञप्ती अनुसार उक्त सहायता काबुलको इन्दिरा गान्धी अस्पताललाई सुम्पिएको उल्लेख गरिएको छ। उक्त विज्ञप्तिमा आगामी दिनमा थप ५ लाख खोप आपूर्ति गरिने बताइएको छ। भारतले अफगान जनतालाई खाद्यान्न, दश लाख डोज कोभिड-१९ खोप र अत्यावश्यक जीवन बचाउने औषधिहरू सहितको मानवीय सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। यसअघि गत महिना भारतले विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० मार्फत अफगानिस्तानलाई १.६ टन चिकित्सा सहायता प्रदान गरेको थियो ।
“हामीले आगामी हप्ताहरूमा गहुँको आपूर्ति र बाँकी रहेका औषधीहरूको प्रबन्ध गर्नेछौं। यस सन्दर्भमा, यातायातको लागि मोडलहरू तय गर्नका लागि हामी संयुक्त राष्ट्र संघीय निकायहरू र अन्य पक्षहरूसँग सम्पर्क राख्छौं,”भारतको बिदेश मन्त्रालयले बताएको छ।
तालिबानले अगस्ट १५ मा काबुललाई आफ्नो नियन्त्रणमा लिएको थियो र त्यसपछि देश आर्थिक, मानवीय र सुरक्षा संकटमा गहिरिँदै गएको छ।विदेशी सहायताको निलम्बन, अफगान सरकारको सम्पत्ति रोक्का र तालिबानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध जस्ता कारणहरुले पहिले नै उच्च गरिबीको स्तरबाट ग्रस्त रहेको देश अहिले पूर्ण रूपमा आर्थिक संकटमा डुबेको छ।