07:27:18 am 03-Jul-2022

भारतीय जनता पार्टीका तर्फबाट द्रोपदी मुर्मुलाई भारतीय राष्ट्रपतिका उमेद्वार बनायो ।


भारतीय जनता पार्टीका तर्फबाट द्रोपदी मुर्मुलाई भारतीय राष्ट्रपतिका उमेद्वार बनायो ।

युवापोष्ट ८ असार, काठमाण्डौ । राष्ट्रपति पदकोलागि द्रौपदी मुर्मु र यशवंत सिन्हाबिच प्रतिस्प्रर्धा हनेछ । हिजो मंगलबारका दिन विपक्षी गठबन्धनका तर्फबाट यशवंत सिन्हालाई उम्मेदवार घोषणा गरेपश्चात बेलुका भाजपाको नेतृत्व गर्ने एनडीएले आदिवासी महिला नेत्री द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उमेद्वार घोषणा गरेको छ । यो भन्दा अगाडि पुर्व भाजपा नेता यशवंत सिन्हालाई राष्ट्रपतिको पदका लागि उमेद्वार घोषणा गरेको थियो । सिन्हा केहि महिना पहिले मात्र तृणमूल कांग्रेस वा टीएमसीमा प्रवेश गर्नुभएको थियो । बिपक्षीद्वारा राष्ट्रपतिको उमेद्वार बनाएपछि उहाँले टीएमसीबाट राजिनामा दिएका थिए । उता मंलगवार वा हिजो साँझमा सत्ताधारी दल भारतीय जनता पार्टी(विजेपी) ले राष्ट्रपतिको पदका लागि द्रौपती मुर्मूलाई आफ्नो उमेद्वार बनाएको छ  त्यहि दिन राष्ट्रपतिको उमेद्वारको बीजेपीको संसदीय बोर्डको बैठकले झारखंडकी पुर्वराज्यपाल द्रौपती मुर्मुलाई उमेद्वार बनाउने निर्णय गर्यो । बर्तमान राष्ट्रपति रामनाथ कोविंदको कार्यकाल २४ जुलाईमा समाप्त हुँदैछ । राष्ट्रपतिको निर्वाचनको लागि २९ जुन सम्म उमेद्वारी दर्ता गरिसक्नुपर्नेछ । १८ जुलाई निर्वाचन हुने कार्यक्रम रहेको छ भने त्यसको गणना २१ जुलाईमा हुन्छ ।

द्रौपदी मुर्मू सबैभन्दा लामो समय झारखंडको राज्यपाल भइसकेकी हुन् । उनले मे २०१५ बाट झारखंडको नवौ राज्यपालको रुपमा कार्य गरेकी थिईन उनको कार्यकाल सन २०२० मा समाप्त भयो ।  झारखण्ड गठन गरेपश्चात पाँच बर्ष पुरा गर्ने एक मात्र महिला राज्यपाल उनी हुन् । अहिले सम्म पाँच बर्ष पुरा गर्ने राज्यपाल उक्त राज्यमा छैन । द्रौपदी मुर्मूको जन्म २० जुन १९५८ मा ओडिशाको मयुरभंज जिल्लाको बैदापोसी गाँउमा भएको थियो । उनको पिताको नाम बिरंची नारायण टुडु हो। उनको जन्म संताल परिवारमा जन्म भएको भने द्रौपदी मुर्मूको विवाह श्याम चरण मुर्मूसँग भएको हो । यो दम्पत्तीको दुई छोरा र एक छोरी रहेका छन् ।

शिक्षिका बनेर करिअरको शुरुवात गरेकी मुर्मू एकपटक राज्य मन्त्री भईसकेकी छिन् । उनी सन् २००० मार्चदेखि २००२ अगस्टसम्म राज्यमन्त्री भएकी थिईन् ।

भारतिय  प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मुर्मु राष्ट्रपतिको उम्मेदवार निर्णय भएको आफ्नो ट्वीटरबाट जानकारी दिएका छन्। उनले भने मुर्मूले आफ्नो जीवन समाजको सेवा गर्न, गरिब र दलित सीमान्तकृतहरुलाई सशक्तिकरण गर्न समर्पित गरेको बताउँदै । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै मुर्मूसँग राम्रो सँग प्रशासनिक अनुभव रहेको र राष्ट्रपतिमा निर्वाचित हुनेमा आफु ढुक्क रहेको बताएका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]