07:21:51 am 25-May-2022

भारतीय प्रधानमन्त्री मोदि जेठ २ मा नेपाल आउने


भारतीय प्रधानमन्त्री मोदि जेठ २ मा नेपाल आउने

युवापोष्ट २० वैशाख, काठमाण्डौ । आगामी जेठ २ गते बुद्धजयन्ती/बुद्धपुर्णीमाको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बीनीको भ्रमण गर्नेछन् । यसलाई युनेस्कोले बिश्वसम्पदा सूचीमा समाबेश गरेको छ । यस अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भ्रमण गर्ने स्रोतको दावी रहेको छ ।

यो भ्रमण एक महिना पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको दुईपक्षीय सम्बन्ध सुदृढ बनाउन गरिएको भ्रमण लगत्तै हुन लागेको छ । यसले दुई पक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

यस अघि तीन तीन जना प्रधानमन्त्रीहरुले दिल्ली भ्रमण गरिसक्दा पनि भारतीय प्रधानमन्त्रीको शुरु कार्यकालको प्रथम पटक भएको भ्रमण पछि भएको थिएन । अहिले भारतीय प्रधानमन्त्रि युरोप भ्रमणमा रहेका छन् ।

यस भ्रमण अवधिमा कुनै द्विपक्षीय छलफल नहुने कुरा भारतीय पक्षले जनाएको छ । यस भ्रमण अघि नै नयाँ भारतीय राजदुतको घोषणा स्रोतले बताएको छ । यस अघिका राजदुत बिनय क्वात्रा बिदेश सचिबमा नियुक्त भईसकेका छन् । हाल निजले नै भारतीय राजदुतको भूमिका निर्वाहा गर्दै आएका छन् ।

मोदीले २५०० बर्ष भन्दा पहिले सिद्धार्थ गौतम जन्मेको स्थान पहिचान भएको मायादेवीको मन्दिरमा प्रार्थना  प्रार्थना गरी केहि घण्टा भ्रमण गर्ने कार्यक्रम रहेको स्रोतले जनायो ।  

देउवाले समेत तिन दिने बुद्ध जयन्तीमा भाग लिने कार्यक्रम रहेको छ । यस अघि कोरोना महामारीका कारण २०७७ साल देखी उक्त कार्यक्रम स्थगित रहेको थियो ।

यस अवधिमा दुबै प्रधानमन्त्रीहरुले संयुक्त रुपमा दिप प्रज्जवल मायादेवी मन्दिरमा दिप प्रज्जवल गर्ने कार्यक्रम रहेको छ ।

भारतीय संचारमाध्यमका अनुसार प्रधानमन्त्री मोदि दिल्लीबाट भारतको कुशीनगर हवाई माध्यमबाट र त्यहाँबाट हेलिकप्टरबाट लुम्बिनी भ्रमण गर्ने कार्यक्रम रहेको छ ।  

नेपाल र भारतबीच रहि आएको सिमा बिबादहरु ( सुस्ता, कालापानी), ईपिजि प्रतिबेदनहरु लगाएतका बिभिन्न बिषयहरुमा नेपालले द्विपक्षीय छलफल चाहेपनि भारतीय पक्षले यसलाई बेवास्ता गर्दै आएको छ । यस अघि नरेन्द्र मोदिले नेपालको बिभिन्न धार्मिक स्थलहरु जानकी मन्दिर जनकपुर, मुक्तिनाथ र पशुपतिनाथको भ्रमण गरेपनि लुम्बिनीको भ्रमण गरेका थिएनन् । २०७१ सालमा मोदिले नेपाल भ्रमणको क्रममा गौतम बुद्ध नेपालमा जन्मेका हुन् भनेका थिए त्यस अघि कुनै पनि भारतीय पक्षले गौतम बुद्ध भारतमा जन्मेका र लुम्बिनी भारतमा पर्छ भनी झुटो प्रचार प्रसार गर्दै आएका थिए ।

मोदिको घोषणा पछि पनि भारतीय बिदेश मन्त्री एस. जय  शंकरले संबोधनको क्रममा गौतम बुद्ध “Greatest indian” भनेपछि यसको चौतर्फि बिरोध भएको थियो । नेपाल सरकारले औपचारिक रुपबाट नै यसको बिरोध समेत गरेको थियो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]