भारत र इङ्ल्यान्डबीच पाँच खेलको टेष्ट शृंखला आजदेखि सुरू हुँदैछ। नटिङहामस्थित ट्रेन्ट ब्रिजमा पहिलो टेस्ट नेपाली समय अनुसार अपरान्ह ३:४५ बजेबाट शुरु हुने तालिका रहेको छ। सन् २०१८ मा भारतमा भएको खेलमा इङ्ल्यान्डले भारतलाई ४–१ ले हराएको थियो भने यसै वर्षको शुरुवातमा भारत भ्रमण गरेको इङ्ल्यान्ड चार टेस्ट खेलमा ३-१ ले पराजित भएको थियो।