11:23:55 am 25-Sep-2022

भारोत्तलन खेलाडि सञ्जु चौधरी मृत फेला


भारोत्तलन खेलाडि सञ्जु चौधरी मृत फेला

युवापोष्ट, २७ वैशाख, काठमाडौं । भारोत्तोलनकी उदयीमान राष्ट्रिय खेलाडी सन्जु चौधरी बन्द कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको पाइएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले उनी बिहान साढे ६ बजे कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको अनलाइनखबरलाई बताए । एसपी शाहका अनुसार प्रारम्भिक तथ्य हेर्दा चौधरीले आत्महत्या गरेको हुनसक्ने आशंका छ । हालसम्म घटनास्थलमा सुसाइड नोट भने भेटिएको छैन ।

प्रहरीले प्रारम्भिक घटना जाँच मुचुल्का बनाइसकेर शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी गरेको छ ।

नेपालगञ्ज निवासी सन्जु काठमाडौंस्थित आफन्तकोमा बस्दै आएकी थिइन् । एसियाली खेलकुदको तयारीमा रहेकी उनी पछिल्लो समय प्रशिक्षक सञ्जय महर्जनको घरमा थिइन् ।

ललितपुरको लुभुस्थित प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी उनी आज बिहान मृत अवस्थामा फेला परेको हुन् । सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । टोकियो ओलम्पिकमा नेपाली खेल टोलीको प्रतिनिधित्व गरेकी थिईन ।

यस अघि निज सन्जु चौधरीले आफु अपमानित हुनु परेको बताएकी थिईन ।
उपमहानगरपालिकाले आफ्नो सातौं नगरसभाको अवसरमा सम्मान गर्ने भनेर बोलाएपनि सम्मान नगरी फिर्ता पठाएर अपमान गरेको उनले बताएकी थिईन । सन्जुले आफ्नो सामाजिक संजाल फेसबुकबाट आफु अपमानित हुनु परेको बताएकी छिन् ।

घटना बारे बिस्तृत बिबरण आउन बाँकि रहेको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]