केही नियुक्ति र मन्त्रालयका नियमित एजेण्डामा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बिहीवार दिउँसो २ बजे मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्दैछ । मन्त्रिपरिषद्को बैठक बस्ने भएपछि आज बस्ने भनिएको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ। आज बस्ने ल बैठकले महान्यायाधिवक्ता लगायत केही अन्य नियुक्ति गर्ने तयारी रहेको स्रोतले बताएको छ ।