मन्त्रिमण्डललाई पूर्णता दिन बालुवाटरमा देउवा, दाहाल र नेपालको भेटवार्ता
मन्त्रिपरिषद् विस्तारको विषय टुंग्याउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।आज यसबारे सबै विषय टुंग्याएर भोलि मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी छ ।प्रधानमन्त्री बनेको डेढ महिना भईसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेपछि देउवाको चर्को आचोचना हुँदै आईरहेको छ ।