महँगो सम्बन्ध विच्छेद : दुबईका राजा रसिदलाई अदालतको आदेश, श्रीमतीलाई ५५०० करोड तिर्नुपर्ने
युवा पोस्ट, पौष ७ ,२०७८,
दुबईका राजा शेख मोहम्मद बिन रसिद अल मकतूमले आफ्नी पत्नी राजकुमारी हयासँग सम्बन्ध विच्छेद गरेका छन् । बदलामा उनले राजकुमारी हयालाई करिब ५५०० करोड रुपैयाँ अर्थात (५५४ मिलियन पाउण्डं) तिर्नुपर्नेछ । बेलायतको उच्च अदालतले राजा शेख मोहम्मदलाई राजकुमारी हयालाई सम्बन्धविच्छेदका लागि करिब ५५०० करोड रुपैयाँ तिर्न आदेश दिएको छ । अदालतले यो रकम सम्बन्धविच्छेदका लागि र बालबालिकाको सुरक्षित भविष्यका लागि राजाले तिर्नुपर्ने बताएको छ । यो सेटलमेंट बेलायती कानुनी इतिहासको सबैभन्दा ठूलो सेटलमेंट हो । राजकुमारी हया जोर्डनका पूर्व राजा हुसेनकी छोरी हुन् ।
७२ वर्षीय शेख मोहम्मद बिन रसिद अल मकतूमले आफ्नी पत्नी राजकुमारी हया को अंगरक्षकसँग अवैध सम्बन्ध भएको थाहा पाएपछि सम्बन्ध विच्छेद गरेका थिए ।