महिला साफ च्याम्पियनसिप साफ यू-१९ खेल्न नेपाली टोली बंगलादेश प्रस्थान
युवा पोस्ट, मंसिर २१ ,२०७८, डीसेम्बर ११ देखि डीसेम्बर २२ तारिखसम्म बंगलादेशको ढाकामा आयोजना हुने साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो संस्करणमा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ। नेपालले खेलको पहिलो दिन डीसेम्बर ११ मा घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ। प्रतियोगितामा बंगलादेश, भुटान, भारत, नेपाल र श्रीलंकासहित पाँच टोली सहभागी हुँदैछन्।