माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित
युवा पोस्ट, पौष १९ ,२०७८, सोमबार,
माओवादी केन्द्रको आठौं महाधिवेशनबाट अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् । ललितपुरमा बसेको बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरको थिए भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गरेसँगै अध्यक्षमा अरुको उम्मेदवारी नपरेको र झण्डै ३ दशकदेखि पार्टीको अध्यक्ष रहेका प्रचण्ड जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।