09:06:54 am 24-May-2022

माघ १५ सम्म विद्यालय बन्द ,बन्द अवधिमा खोप लगाइसक्ने सरकारको योजना


माघ १५ सम्म विद्यालय बन्द ,बन्द अवधिमा खोप लगाइसक्ने सरकारको योजना

युवा पोस्ट,पौष २६,२०७८,सोमबार,

कोभिड सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले गरेको सिफारिसबमोजिम शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको छ। देशभरिका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक बिदामा मिलान हुने गरी पुस २७ देखि माघ १५ सम्म बिदा दिने निर्णय गरिएको छ,शिक्षा मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनेको छ।

बिदाको उक्त अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमार्फत खोप लगाउने कार्यक्रम रहेको पनि विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयको भनाइ अनुसार विद्यालय बन्द गरिएको अवधिमा सबै विद्यार्थीलाई खोप लगाइसक्ने योजना सरकारको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]