माछापुच्छ्रे बैंक लिमिटेड को वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आज देखि आवेदन दिन सकिने भएको छ। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ।बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सो ऋणपत्र खरिदका लागि छिटोमा साउन ४ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन १७ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।