स्पेनिस क्लब रियल म्याड्रिड छोडेर नर्वेली मिडफिल्डर मार्टिन ओडेगार्ड इंग्लिस प्रिमियर लिगको आर्सनलमा अनुबन्धित भएका छन् ।२२ वर्षीय नर्वेजियन मिडफिल्डर ओडेगार्डले गत सिजन लोनमा प्रभावशाली प्रदर्शन गरेपछि लन्डन क्लबले उनलाई स्थायी रुपमा अनुबन्ध गरेको हो । आर्सनलले उनलाई खरिद गर्न ३० मिलियन पाउण्डको हाराहरीमा खर्च गरेको बुझिएको छ । ओडेगार्ड यस विन्डोमा आर्सनल आउने चौथो खेलाडी हुन् ।