माल्टाकी रोबर्टा मेत्सोला बनिन् ईयूको कान्छी अध्यक्ष
युवा पोस्ट, माघ ५, २०७८, बुधबार , माल्टाकी क्रिस्चियन डेमोक्र्याट रोबर्टा मेत्सोला युरोपेली संघ संसदको सभामुखमा निर्वाचित भएकी छन् । मेत्सोलाले ६१६ भोटमध्ये ४५८ मत पाएकी थिइन् । गत हप्ता समाजवादी डेभिड ससोलीको निधनपछि उनले दुई वर्षको कार्यकालका लागि पदभार ग्रहण गरेकी हुन् । मेत्सोला उक्त पदमा निर्वाचित हुने तेस्रो महिला हुन् । उनी युरोपेली संसदको आजसम्मको सबैभन्दा कान्छी अध्यक्ष हुनेछिन् । उनीअघि ६५ वर्षीया ससोली धेरै महिनादेखि बिरामी थिए र मेत्सोला ११ जनवरीमा उनको मृत्यु हुनुअघि नै युरोपेली संसदको कार्यवाहक अध्यक्ष थिइन् ।