मुक्तिनाथ विकास बैंकद्वारा कृषिमा लगानी बढाउन मुक्तिनाथ कृषि कम्पनी संचालन
मुक्तिनाथबिकास बैंक लि. लगायत नेपालका ८६३ जनाभन्दा बढि सफलव्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि पेशालाई प्रतिष्पर्धि र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि अर्थतन्त्रमा टेवा पुर्याउन कृषि मुल्य श्रृङखलाको अवयव हरुमा काम गर्दे आइरहेको छ । विभिन्न उद्देश्यहरु प्राप्तिको लागिआफ्नो स्थापनाकाल देखि विभिन्न कृषिव्यवसायि, कृषक समुह तथा सहकारीहरु संग सहकार्य गर्दे कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादका साधनहरु, प्रविधि र वित्तिय पहुँचमा सहजिकरण कसरी गर्न सकिन्छ र कृषकहरुले उत्पादन गरेको उपजहरुलाई उपभोक्त समक्ष कसरी सहज, सुलभ र सुरक्षित रुपमापुर्याउन सकिन्छ भन्ने सन्दर्भमाविभिन्न राष्ट्रिय तथाअन्तराष्ट्रिय संघसंस्था, उत्पादककम्पनीहरु संग सहकार्य गर्दे देशकाविभिन्नभुभागमा कृषि पेशागर्दे आइरहेकाकृषकहरुलाई सहजिकरण गर्नको लागि सोहि अनुसार व्यवसायिक साझेदारी गरी व्यवसाय संचालनगर्दे आइरहेको छ । वि.स. २०७५ सालमा १ अर्वअधिकृत पुँजि र ४० करोड जारी पुँजि सहित स्थापनाभएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो । यसै परिवेशमामुक्तिनाथ कृषिकम्पनीको सर्वसाधारणको लागि छुट्याइएको धितोपत्रनिष्काशनको लागिमिति २०७८÷०६÷२१ गतेकादिनमुक्तिनाथ कृषिकम्पनीलि. काकार्यकारी अध्यक्षश्री भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्स लि. काप्रमुखकार्यकारी अधिकृत श्री सवीर बादे श्रेष्ठले एक समारोहकाबीचधितोपत्रनिष्काशनव्यवस्थापनको लागि सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । कार्यक्रमामुक्तिनाथ कृषिकम्पनीलि. का संचालकतुलसिराम ढकाल, सितारामकाफ्ले र विजय गुरुङ, प्रमुखकार्यकारी अधिकृत श्री सलिलकुमार श्रीवास्तव, कम्पनी सचिवश्री रामशरण तिमल्सिना, मुक्तिनाथ क्यापिटलका प्रमुखकार्यकारी अधिकृत कविन्द्र ध्वजजोशि, मुक्तिनाथ बैंकका क्षेत्रीयप्रमुखबाबुराम ढकाल र मेगा क्यापिटल लि. काप्रमुखलगानीअधिकृत श्री सुलभ श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कृषि क्षेत्रमाकामगर्ने अभिप्रायलेनीजि क्षेत्रको लगानीमा स्थापनाभएकाकम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्रनिष्काशनपहिलो हुनेछ । यो शुरुवात संगै संस्थागत रुपमाविकास हुननसकेको कृषि क्षेत्रलाई थप परिस्कृत र लगानीको केन्द्र बनाई संस्थागतविकास र अन्यनयाँपब्लिककम्पनीको आगमनको लागिकोशेढुङगा सावितहुने मुक्तिनाथ कृषिकम्पनीलि. काकार्यकारी अध्यक्षश्री भरतराज ढकाल बताउनुहुन्छ । उल्लेखित सम्झौताअनुसार यहिवर्षको चैत्र मसान्तभित्रनिष्काशनको सवै प्रकृया पुरा गरी जारी गर्ने लक्षलिएको छ । यसअन्तरगत सर्वसाधारणको लागि रु चार करोड बराबरको ४ लाखकित्ताधितोपत्रनिष्काशनहुनेछ ।आवश्यकताअनुसार मुक्तिनाथ कृषिकम्पनीले जारी पुँजि बढाएर धेरै भन्दा धेरै सर्वसाधारणलाई जोड्ने लक्षलिएको छ ।