मुम्बईको पोर्टमा छापा, एक अर्ब २५ करोडको हेरोइन बरामद
बलिउड सुपरस्टार शाहरुख खानको छोरा आर्यन लगायत ८ जना पक्राउ परेको क्रुजमा राजस्व निर्देशनालय (डिआरआई) ले मारेको छापामा २५ केजी हेरोइन बरामद गरिएको छ । उक्त हेरोइनको अन्तर्राष्ट्रिय बजार मूल्य एक अर्ब २५ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ ।हेरोइनसँगै डिआरआईले एक व्यक्तिलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुम्बईका ६२ वर्षीय जयेश सांघवी छन् । जयेशले इरानबाट उक्त हेरोइन कन्टेनरमा लुकाएर ल्याएको जनाइएको छ ।