07:54:39 am 03-Jul-2022

मुल्य बृद्धिको बिरोधमा जक्का जाम


मुल्य बृद्धिको बिरोधमा जक्का जाम

युवापोष्ट ६ असार,विराटनगर । हिजो राती १२ बजेपछि ईन्धनको मुल्य बढेपछि यसको विरोधमा यातायात व्यावसायीले विराटनगरमा चक्काजाम गरेका छन् ।

मुल्यवृद्धिको विरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायात सञ्चालकले कोशी राजमार्गको विराटनगरको राजवशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका हुन् ।

निगमले  पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ, डिजेल र मट्टीतेलमा २७ रुपैया मुल्य वृद्धि गरेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगको छ । यसैगरी, डिजेल र मट्टितेलको मूल्य बढेर प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।

हवाई इन्धनको मूल्य आन्तरिकतर्फ १९ रुपैयाँ वृद्धि भएरप्रतिलिटर १८५ रुपैयाँ पुगेको छ भने बाह्यतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको निगमले जनाएको छ । नयाँ मूल्य प्रतिकिलोलिटर एक हजार ६४५ अमेरिकी डलर कायम गरिएको हो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]