मेक्सिकोमा पार्टी मनाउने क्रममा गोली चल्दा ४ जनाको मृत्यु
युवा पोस्ट, पौष ४ ,२०७८,
मेक्सिकोको उत्तरी क्षेत्रमा शनिबार केही बन्दुकधारीले एउटा घरमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा चार जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । शनिबार होलिडे पार्टी मनाउन उक्त घरमा धेरै जना मानिसहरु जम्मा भएका थिए । यो आक्रमण किन र कसले गर्यो भन्ने कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।