१. मधुमेह रोगमा मेथीको प्रयोगले फाइदा गर्दछ । भातीय चिकित्सा अनुसन्धान परिषद्द्वारा प्रकाशित गरिएको अध्ययन रिपोर्टका अनुसार मेथीको गेडा दैनिक २५ ग्रामदेखि १०० ग्रामसम्म खाने गरेमा मधुमेहको रोगीमा रिएक्टिभ हाइपरपग्लिसाइड्सको स्तरको पनि कमी आउँछ । २. मेथीलाई पखालेर भिजाउने । १०–१२ घण्टा भिजाइसकेपछि त्यसको रस पिउने गर्दा मधुमेहमा फाइदा गर्छ । ३. मेथीलाई भिजाएर त्यसको गेडालाई चपाएर खाने, पिसेर लेदो खाने वा मेथी भिजाएर टुसाएपछि त्यसको गेडालाई चपाएर खाने, पिसेर लेदो खाने, उपचारको रुपमा खाने गर्दा फाइदा गर्छ । ४. मेथीलाई त्यसै पिस्ने वा भुटेर पिस्ने पाउडर बनाउने र उक्त पाउडरलाई आधादेखि २ चिया चम्चासम्म दिनको २ पटक पानीसँग खाने गर्दा पनि आश्चर्यजनक लाभ मिल्छ ।