मेस्सीलाई देखियो कोभिड-१९ पोजिटिभ, पीएसजीले गर्यो पुष्टि
युवा पोस्ट,पौष १८ , २०७८, आइतबार,
अर्जेन्टिनी तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का स्ट्राइकर लियोनल मेस्सीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीएसजीका स्ट्राइकर लियोनल मेस्सीसँगै पीएसजीका अन्य तीन खेलाडी जुआन बर्नाट, सर्जियो रिको र नाथन बिटुमाजालालाई समेत कोरोना भाइरसको सङ्क्रमण भएको छ । पेरिस सेन्ट जर्मन टोलीमा सोमबार राति टोलीको फ्रेन्च कप खेल अघि कोरोनाभाइरसपरिक्षण गर्दा सो पुष्टि भएको हो ।क्लबका सबै खेलाडीको कोरोना परीक्षण गराएकोमा चार जनामा सङ्क्रमण पुष्टि भएको पीएसजीले जनाएको छ ।