म्यान्मारकी नेत्री आङ सान सुकी बिरुद्ध अशान्ति भड्काएको एवं कोभिड नियन्त्रणका उपाय पालना नगरेको जस्ता आरोपमा उनी दोषी पाइएको म्यान्मारको सैनिक सरकारका एक प्रवक्ता जाव मिन टुनले बताएका छन् । । उनीविरुद्ध ११ भिन्नाभिन्नै अभियोगहरू लगाइएका छन् । ती सबैमा उनी दोषी पाइए, उनलाई एक सय वर्षभन्दा धेरै जेल सजाय हुनसक्छ । फेब्रुअरीमा सैन्य कू मार्फत् निर्वाचित गैरसैनिक सरकार सत्ताच्यूत गरिए यता सुकीलाई घरमै नजरबन्दमा राखिएको छ। अब उनलाई कहिलेदेखि जेलमा राखिने भन्ने प्रस्ट भइसकेको छैन ।