यात्रुवाहक बसमा ट्रक ठोकिदा कम्तीमा १८ जनाको मृत्यु
भारतको उत्तर प्रदेशमा एउटा यात्रुवाहक बसमा ट्रक ठोकिदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । हरियाणा राज्यमा काम गर्न गएका र अहिले बिहार राज्यस्थित घर फर्किएका कामदारहरू उक्त दुर्घटनामा परेको बताइएको छ । पैँसट्ठी जना बोक्ने क्षमता भएको बसमा १४० यात्रु चढेको उक्त बस बिग्रिएपछि केही बसमै थिए भने केही नजिकै बाहिर सडकमा सुतेको अवस्थामा थिए। सयौँ किलोमिटर टाढाबाट आएको उनीहरूको बस उत्तर प्रदेशको बाराबङ्की जिल्लामा बिग्रिएपछि रोकेर राखिएको थियो। बुधवार बिहान सबेरै ट्रक आएर जोतिँदा उक्त घटना भएको प्रंहरीले बताएका छन् । बाराबङ्कीस्थित अस्पतालहरूमा कम्तीमा ३० जनालाई भर्ना गरिएको छ। तीमध्ये केही गम्भीर घाइते छन्।