युईएफ च्याम्पियन्स लिग अन्तरगतको जर्मन क्लब कोखेल दर्शकविना हुने
युवा पोस्ट, मंसिर १५,२०७८,
युईएफ च्याम्पियन्स लिग अन्तरगतको जर्मन क्लब बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोना बीचको समूह चरणको अन्तिम खेल बन्द रंगशालामा हुने भएको छ । बायर्नले गत अक्टोबरमा आफ्नो रंगशालामा पुर्ण दर्शक क्षमता ७५ हजार दर्शक राख्ने अनुमति पाएको थियो । तर बढ्दो कोरोना भाइरस कोभिड–१९ संक्रमणदरले दर्शक क्षमतामा २५ प्रतिशत कटौती गरेको छ । समर्थकले रंगशाला प्रवेशको लागि कोरोना नेगेटिभको नतिजा र कोरोना खोप लगाएको प्रमाण देखाउनुपर्नेछ ।