युट्युब बन्यो विश्वकै सर्वाधिक डाउनलोड हुने एप, विश्वको जनसंख्याभन्दा बढी युट्युब डाउनलोड
युट्युब विश्वकै सर्वाधिक डाउनलोड हुने एप बनेको छ ।विश्वको जनसंख्या ७ अर्ब ७९ करोड ४७ लाख ९८ हजार ७ सय ३९ रहेकोमा , युट्युब १० अर्बभन्दा बढी डाउनलोड भएको छ। यो १० अर्ब डाउनलोड केवल गुगल प्ले स्टोरको मात्रै हो । यसमा एप्पल एप स्टोरको डाउनलोडलाई जोडिएको छैन ।एप्पलले एपको डाउनलोड संख्या सार्वजनिक गर्दैन । तर गूगल प्ले स्टोरमा भने युट्युव एप १० अर्बभन्दा बढी प्रयोगकर्ताले डाउनलोड गरेको देखिएको छ । विश्वभर १० अर्ब डाउनलोड पुरा गर्ने संसारकै पहिलो एपको कीर्तिमानी बनाउन युट्युब सफल भएको हो । कोरोना महामारीका कारण पनि युट्युबमा कन्टेन्ट बनाउने र हेर्ने प्रयोगकर्ताको संख्या निकै बढेको हो । युट्युबपछि प्ले स्टोरमा सबैभन्दा धेरै डाउनलोड हुने एप फेसबुक रहेको छ । फेसबुक ६ अर्बभन्दा बढीले डाउनलोड गरिएको छ । । फेसबुक मेसेञ्जर ५ अर्बभन्दा बढी र इन्स्टाग्राम ३ अर्बभन्दा बढी डाउनलोड भएका छन् ।