युरोपियन च्याम्पियन इटालीलाई हराउँदै स्पेन फाइनलमा
सान सिरोमा बुधबार राति भएको खेलमा स्पेनले १० खेलाडीमा समेटिएको युरोपियन च्याम्पियन इटालीलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । यो हारसँगै इटालीको अपराजित यात्रामा पुर्णविराम लागेको छ । त्यस्तै स्पेनले गत जुन जुलाईमा भएको युरोकपको सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भोगेको हारको बदला लिन सफल भएको छ । अब स्पेनले बेल्जियम र फ्रान्सबीचको विजेतासँग उपाधिका लागि १० अक्टोवरमा प्रतिस्पर्धा गर्नेछ । बेल्जियम र फ्रान्सबीचको दोस्रो सेमिफाइनल आज राति हुदैछ ।