१६औं संस्करणको युरोपेली च्याम्पियनसिपको उपाधिको लागि वेम्बली स्टेडियम लन्डनमा आज राति इटाली र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।घरेलु मैदानमा हुने खेलमा इंग्ल्यान्ड युरोमा पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा मैदान उत्रनेछ । पछिल्लो १२ खेलमा अपराजित रहेको इंग्ल्यान्ड युरोमा पहिलोपटक नै फाइनलमा पुग्न सफल भएको हो । इंग्ल्यान्डले ५५ वर्षअघि अर्थात सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो । त्यसयता इंग्ल्यान्ड पहिलोपटक फाइनलमा पुगेको हो ।यि दुई टोली जारी युरोमा अपराजित रहँदै फाइनलमा पुग्न सफल भएका टोली हुन् । खेल नेपाली समयअनुसार आज राति पौने एक बजे हुनेछ ।