07:28:14 am 03-Jul-2022

यौन दुर्व्यवहार पछि चिर्पटले हिर्काएर हत्या


यौन दुर्व्यवहार पछि चिर्पटले हिर्काएर हत्या

युवापोष्ट ३ असार, भक्तपुर । २८ गते राती भएको घटनामा मृत भेटिएका कल्याण साहुको हत्या ३ जना मिलेर गरेको प्रहरीको निष्कर्ष छ । आइतबार बिहान मध्यपुर थिमी नगरपालिका-८ बोडैस्थित लर्डबुद्ध स्कुल अगाडिको निर्माणाधिन टहरामा पुरूषको शव फेला परेको थियो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। 

उनका अनुसार शव रगताम्य अवस्थामा फेला परेको हो। प्रहरीलाई शव फेला परेको खबरपछि घटनास्थलमा टोली पुगेको थियो। 

मृतक मध्यपुर थिमी-८ बस्ने ५१ वर्षीय कल्याण साहु रहेका थिए । उनको टाउकोमा चोट लागेको देखिएको थियो । घटना स्थल नजिकै रगत लागेको काठको फर्मा भेटिएको थियो । बोडे तीन दोबाटोस्थित लर्डबुद्ध स्कुल अगाडि दिल कुमार श्रेष्ठको जग्गामा निर्माणाधिन टहरामा मृत भेटिएका साहु त्यहीँका स्थानीय हुन् ।

जेठ २८ मा राति १० बजेतिर उनी घरबाट निस्केका हुन् । राति पौने ११ बजेतिर बोडे एरियामा पाटीमा बस्ने २९ वर्षीया महिला जमुना तामाङलाई उनले यौनदुव्र्यवहार गरेको प्रहरीको अनुसन्धाबाट खुलेको छ । त्यसबेला पाटीमा जमुना मात्रै थिइन । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ घर भएका जमुनाको श्रीमान २७ वर्षीय रमेश विश्वकर्मा शौचालय गएका थिए । कल्याण साहुले दुव्र्यवहार गरेपछि जमुना चिच्याइन् ।

रमेश शौचालयबाट फर्केपछि साहु, रमेश र महिला बिचमा केहीबेर झगडा भयो । दाङको घोराही घर भएर  चाँगुनारायण नगरपालिका–२ दुवाकोट एरियामा पाटीमा बस्ने ४४ वर्षका गोविन्द खड्का पनि त्यसदिन त्यहीँ थिए । जमुना, रमेश र गोबिन्द खड्का मिलेर चिर्पटले हिर्काएर कल्याणको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।

‘दुर्व्यवहार पछि जमुना चिच्याएको र उनको श्रीमानले चिर्पटले हिर्काएको अनुसन्धानबाट थाहा भएको छ,’ डिएसपी पाण्डेले भने, ‘हत्या आरोपमा हामिले तिनै जनालाई पक्राउ गरेर अनुन्धान गरिरहेका छौं ।’ रगताम्य अवस्थामा साहुको शव भेटिएको थियो । शव भेटिएको सुचना पाएपछि प्रहरी वृत्त थिमीका डिएसपी हरिनन्दन चौधरी नेतृत्वको अनुसन्धान टोलीले तालिम प्राप्त कुकुर पनि परिचालन गरेर अनुसन्धान गरेको थियो । 

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]