रहेनन् ‘ब्रिटेन्स गट ट्यालेन्ट’का जादुगर डेविड वाटसन
युवा पोस्ट, मंसिर २९ ,२०७८,
रियालिटी शो ‘ब्रिटेन्स गट ट्यालेन्ट’का १२ पटक अडिसन दिएर अडिसनको रेकर्ड कायम राखेका डेविड वाटसन मृत फेला परेका छन् ।डेविडलाई उनका परिवारजनले कैयौं पटक फोन र सन्देश पठाउदा कुनै प्रतिक्रिया नजनाएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरी सूचना पाउनासाथ डेविडको घर पुग्दा जादुगर डेविड मृत भेटिएका थिए ।