युवा पोस्ट, मंसिर १४,२०७८, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सिंहदरबारस्थित मन्त्रालयमा घिसिङलाई सपथ गराएका थिए । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता छनोटबाट नियुक्त हुने घिसिङ दोस्रो सदस्य सचिव हुन् ।