10:34:17 pm 21-Sep-2021

ओली सरकारका ११ राजदूतको नियुक्ति देउवा सरकारले गर्यो बदर


सरकारले जारी गरेको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका,२०७५ को प्रावधान अनुसार राजदुत नियुक्त गर्दा परराष्ट्र सेवाबाट ५० प्रतिशत र बाँकी राजनीतिक क्षेत्रबाट लिने प्रावधान रहेको छ , तर ओली सरकारले अपारदर्शी ढंगले प्रावधान कुल्चेर ११ देशमा राजदूत सिफारिस गरेकोमध्ये देउवा नेतृत्वको सरकारले ९ जनाको सिफरिस बदर गरिदिएको छ । ओली सरकारले प्रावधान कुल्चदै ११ जना राजदूत सिफारिस गर्दा २ जना परराष्ट्र सेवाका कर्मचारीबाहेक ९ जना राजनीतिक क्षेत्रबाट नियुक्त गरेको थियो । जसमध्ये परराष्ट्र सेवाबाट सिफारिस भएका निर्मलराज काफ्ले अष्ट्रिया र जीवनप्रकाश श्रेष्ठ इजिप्टलाई कायम राखी बाँकी ९ जना कृष्णचन्द्र शर्मा दक्षिण कोरिया,सुम्निमा तुलाधर अष्ट्रेलिया,युवराज कार्की बहराइन, रमेशचन्द्र पौडेल श्रीलंका, नारायणप्रसाद संग्रौला म्यानमार, कुलप्रसाद नेपाल ब्राजिल,सुमित्रा सुवेदी डेनमार्क,मेराज मुसलमान साउदी अरेबिया र जंगबहादुर चौहानको सिफारिस बदर गरिएको र अब बाँकी ९ देशका राजदुत नियुक्ति गर्दा आधा परराष्ट्र सेवाबाट र आधा राजनीतिक क्षेत्रबाट सिफारिस गरिने तयारी रहेको उर्जा जलश्रोत तथा सिन्चाइ मन्त्री पम्फा भुसालले जानकारी दिनुभएको छ । ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]