02:29:28 pm 21-Sep-2021

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्‍वासको मत लिने


प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । अब केही बेरमा बस्नेछ कार्यव्यवस्था परामर्श समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वा्सको मतको प्रस्ताव लैजाने तयारी गरिएको जानकारी गराएका छन् । सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन आज आइतबार ४ बजेदेखि सुरु हुँदै छ । संसद् सचिवालय स्रोतका अनुसार आज आइतबार बसिने बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यसूची राखिएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]