08:20:04 pm 20-Oct-2021

बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक, आज पनि मन्त्रिमण्डल विस्तार नहुने


बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक, आज पनि मन्त्रिमण्डल विस्तार नहुने

मन्त्रिपरिषद् विस्तारका विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।सत्ता गठबन्धनमा रहेका दलहरुले पहिला मन्त्रालयको भागबण्डा टुंग्याउन प्रधानमन्त्री देउवासँग माग गरिरहेका छन् । तर प्रधानमन्त्री देउवाले भने मन्त्री हुनेको नाम दिन दलहरूसँग आग्रह गरिरहेका छन् । चार जना शीर्ष नेताहरु ११ बजेदेखि १२ बजेसम्म एक घण्टा मन्त्रिमण्डल विस्तारकै छलफल भएपनि सचिवालयका एक सदस्य का अनुसार आज मन्त्रिपरिषद विस्तार नहुने बताएका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]