11:54:44 pm 21-Sep-2021

बैंकिङ कसुरमा दुई करोड ५६ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ


चितवन रत्ननगर नगरपालिका–११ , जिरौनाबाट बैंकिङ कसुरमा दुई करोड ५६ लाख जरिवाना तोकिएका फरार प्रतिवादी झापा दमक नगरपालिका–१६ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका–१५, तीनथाना बस्दै आएका गोपालप्रसाद ढुङ्गेललाई प्रहरी टोलीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार चितवनमा बसेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निगरानी तथा खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो । उनलाई उच्च अदालत पाटनले २०७७ साल चैत २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र दुई करोड ५६ लाख जरिवाना तोकेको थियो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]