02:03:11 pm 21-Sep-2021

३२औं ग्रीष्मकालीन ओलम्पिकमा, तीन स्वर्ण सहित चीन पहिलो शीर्षस्थानमा,इटाली र जापान दोस्रो स्थानमा


जापानको राजधानी टोकियोमा जारी ३२औं ग्रीष्मकालीन टोकियो ओलम्पिक २०२० मा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।चीनले पहिलो दिनको खेल सकिदासम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गर्दै शीर्षस्थानमामा रहेको छ । ओलम्पिक प्रतियोगितामा इटाली र जापान एक/एक स्वर्ण तथा दुई/दुई रजतसहित दोस्रो स्थानमा रहेको छ ।

दक्षिण कोरिया एक स्वर्ण र दुई कास्य पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

यसैगरी इक्वेडर, हंगेरी, इरान, कोशोभो र थाइल्यान्डले समान १/१ स्वर्ण पदक जितेका छन् । यस्तै सर्विया, बेल्जियम, स्पेन, भारत, नेदरल्यान्ड्स, रोमानिया, चाइनिज ताइपेई र ट्यूनिसिया एक/एक रजत पदक प्राप्त गरेका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]