अधिकाशं नेपाली बिहानको खाना भन्दा बेलुकीको खानामा बढि ध्यान दिन्छन् । कामका कारण चाँडै निस्कनु पर्नेहरुले बिहान हल्का खाने र बेलुका विशेष परिकार, मिठो मसिनो, र माछा मासु सहितका परिकार खाने गर्दछन् । तर बेलुका खानामा केहि कुरा छन् ,जसको पालना गर्नु एकदमै आवश्यक मानिन्छ ।
– बेलुकीको खाना साँझ ८ बजे अगावै खानु उपयुक्त हुन्छ । – रातिको खाना हल्काफुल्का मात्र खानु पर्दछ । – राति ढिलो खाना खादाँ एसिडिटी बढ्ने, पेट भारी हुन् र अपच हुने समस्या हुन सक्छ । – ढिलो खाना खाँदा खाना राम्ररी पच्दैन र निद्रा पनि बिर्गन सक्छ । – रातिको मसला हालेको खानेकुरा खानु हुदैँन । – यस्ता खानाले कब्जियत हुने, पेट फुल्ने, छाती पोल्ने र अपच हुने हुन सक्छ । – खाना खाने क्रममा वा खाना खाएलगत्तै पानी पिउनु हुदैँन । – खाना खाएको आधा घन्टापछि मात्र पानी पिउनु पर्दछ । – खाना खाए लगत्तै पानी पिउँदा पाचनप्रणाली गडबड हुन्छ र निद्रा पनि भाग्छ । – खाना खाएको दुई घन्टापछि मात्र सुत्नुपर्छ । – खाना खाएपछि केहिबेर हल्का हिँडडुल गरेर भोजन पचाउनु उपयुक्त हुन्छ । – थाकेर निद्रा लागेको छ भने केही नखानु उपयुक्त हुन्छ । – राति दूध, सलाद वा कुनै हल्काफुल्का कुरा मात्र खादाँ पनि हुन्छ ।