बलिउड अभिनेत्री रानी मुखर्जीले मुम्बईको खार क्षेत्रमा नयाँ घर किनेकी छिन्। उनले हालैमात्र निकै महँगो मूल्यमा घर किनेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।उनले सो घरका लागि ७.१२ करोड भारतीय रुपैयाँ तिरेको बताइएको छ । यो नयाँ आलीशान सम्पत्ति किने पछि, रानी अब दिशा पटानी, टाइगर श्रॉफ, र क्रिकेटर हार्दिक र कुणाल पाण्ड्या को छिमेकी हुनेछिन् ।