राफयल नाडाल अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा प्रवेश
युवा पोस्ट, माघ ९, २०७८, आइतबार , स्पेनिस टेनिस खेलाडी राफयल नाडाल अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उनी क्वाटरफाइनलमा पुग्ने उनी एकमात्रै पूर्व च्याम्पियन हुन् । मेलवर्न पार्कमा आइतबार भएको प्रि–क्वाटरफाइनलमा नाडालले फ्रान्सेली एड्रियन मान्नारिनोलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् ।