अफगानिस्तान क्रिकेट बोर्डका अध्यक्ष फरहान यूसुफजईले आगमी अक्टोबर नोभेम्बरमा यूएई र ओमानमा हुने टि२० विश्वकपलाई लक्षित गर्दै युवा लेग स्पिनर राशिद खानलाई टि २० आईको कप्तानमा नियुक्त गरेको छ । अफगानिस्तानले राशिदलाई कप्तान र ब्याट्सम्यान नजिबउल्लाह जद्रानलाई उपकप्तानमा नियुक्त गरेको हो । यसअघि अस्गर अफगान अफगानिस्तानका कप्तान थिए ।