राष्ट्रपति जो बाइडनले आफ्ना सेनालाई फिर्ता गर्ने कदमको गरे बचाउ
अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी उपस्थिति अन्त्य भएको भोलिपल्ट हिजो अमेरिकी अमेरिकी राष्ट्रपति जो बाइडनले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधन गर्ने क्रममा उनले त्यहाँ बसिरहनुको कुनै अर्थ नरहेको तसर्थ सैनिक फिर्ता बोलाएको बताउदै अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता गर्ने कदमको जो बाइडनले बचाउ गरेका छन्। सम्बोधनकै क्रममा उनले आफुले युद्ध बिस्तार गर्न अफगानिस्तान नगएको र अब अफगानिस्तानमा युद्ध समाप्त भएको समेत बताएका छन् ।उनले तालिबान शासनलाई छल्न अफगानिस्तानबाट बाहिर निस्कन चाहने एक लाख २० हजारभन्दा बढीको हवाई उद्धार गरेकोमा सेनाको प्रशंसा गरे। अचानक अमेरिकी फौज फिर्ता गर्ने निर्णयलाई लिएर बाइडनले देशभित्र र अमेरिकी साझेदार राष्ट्रबाट व्यापक आलोचना खेप्नु परेको छ।राष्ट्रपति बाइडनले अमेरिकीहरू, अन्य साझेदार देशका नागरिकहरू र अमेरिकीका लागि काम गरेका तर अफगानिस्तान छाड्न चाहने अफगानहरूको उद्धारका लागि विमानस्थलमा नियन्त्रण गर्नका निम्ति ६ हजार सैनिकहरू त्यहाँ पठाएका थिए।