युवा पोस्ट,पौष १६, २०७८, शुक्रबार, चिनियाँ राष्ट्रिय टोलीबाट खेल्ने फुटबलरहरूलाई नयाँ निर्देशन जारी गरिएको छ । जसअनुरुप ट्याटु खोप्न प्रतिबन्ध लगाइएको हो र जसको ट्याटु छ उनीहरूलाई पनि ट्याटु हटाउन सल्लाह दिइएको छ।
देशको खेलकुद प्रशासन निकायले राष्ट्रिय स्तर र युवा टोलीमा ट्याटु बनाएर नयाँ खेलाडी भर्ना गर्न कडा प्रतिबन्ध गरेको बताएको छ। प्रशासनले यो कदमले समाजको लागि राम्रो उदाहरण बनाउन मद्दत गर्ने बताएको छ। केही राष्ट्रिय ताराहरू, जसमा डिफेन्डर झाङ लिनपेङ पनि थिए, पहिले उनीहरूका ट्याटूहरू कभर गर्न भनिएको थियो।
चीनले सन् २०१८ यता नै खेलका दौरान ट्याटु नदेखाउन, प्रसारण गर्ने संस्थाहरुलाई निर्देशन दिएको थियो । त्यसयता व्यावसायिक फुटबल खेलाडीले जर्सीले नै ट्याटु छोप्दै आएका थिए । तर अब जीएएसले ट्याटुमा नै प्रतिबन्ध लगाउँदै भएकाले पनि हटाउनुपर्ने नियम ल्याएको छ । चिनियाँ संस्कृतिमा ट्याटूलाई कलंक सँग जोडिन्छ । विगतमा चिनीयाँ संस्कृतीमा अपराधीहरूलाई चिनीनको लागी ट्याटूको प्रयोग गरिन्थ्यो । चिनियाँ समाजमा ट्याटु खोप्नुलाई असभ्य मानिन्छ ।