राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको माग:पूँजी बजारमा नकारात्मक प्रभाव पार्ने काम गरेको आरोप
लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पूँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजिनामा माग गर्दै विभिन्न १८ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका लगानीकर्ताको समूहले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई मागपत्र बुझाएर आज फर्किएका छन् । पूँजी बजारमा नकारात्मक प्रभाव पार्ने काम गरेको भन्दै लगानीकर्ताहरूले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजिनामा माग गरेका छन् । उनीहरूले पूँजीबजारलाई नियोजित रुपमा घटाउन गभर्नर महाप्रसाद अधिकारी ले भूमिका खेलेको आरोप समेत लगाएका छन् ।