राहदानी विभागले आजबाट इ–पासपोर्ट (विद्युतीय राहदानी) जारी गर्दै
युवा पोस्ट, मंसिर १, २०७८, सरकारले आज बुधबार दिउँसोबाट इ–पासपोर्ट (विद्युतीय राहदानी) जारी गर्दैछ । विश्वका विकसित मुलुकहरुले लागू गरिसकेको इ–पासपोर्ट प्रयोग गर्न थालेपछि नेपालले पनि नयाँ इ–पासपोर्ट लागू गरेको हो । विद्युतीय पासपोर्टमा बायोमेट्रिक सूचनाहरु ‘चिप’ मा रहने छ । यस चिपले हातका औंला, आँखा र अनुहारलाई कैद गर्नेछ र कुनै पनि व्यक्तिको पासपोर्ट हेर्ने बित्तिकै उसको बारेमा सम्पूर्ण जानकारी प्राप्त हुन्छ । व्यक्तिगत, , आधिकारिक, ट्राभल डकुमेन्ट, कूटनीतिक अधिकारी,अस्थायी पासपोर्ट र रेकर्ड ,बुक शान्ति मिसनमा जाने सुरक्षाकर्मी गरी सात प्रकारका विद्युतीय पासपोर्ट आउन लागेको राहदानी विभागले जनाएको छ ।राहदानी विभागका अनुसार आज बुधबारबाट उक्त पासपोर्ट जारी गर्न थालिए पनि मंसिर १५ गतेबाट पूर्णरुपमा सर्वसाधरणका लागि वितरण गरिनेछ ।