युवापोष्ट १३ जेठ, काठमाण्डौ । सार्वजनिक बिदा भएको दिन आइतबार पनि राहदानी विभागले सेवा दिने भएको छ। नेपाल सरकारको निती तथा कार्यक्रमअनुसार राहदानी भिभागले विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउन उक्त निर्णय गरेको हो ।
विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रूपमा बढिरहेकाले सार्वजनिक बिदाको दिनसमेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन लागेको हो।
सेवा ग्राहीको अत्याधिक चापलाई ध्यानमा राख्दै सार्वजनिक बिदाका दिनमा समेत सेवाग्राहीलाई राहदानी सेवा प्रदान गरी सहज र सरल ढंगबाट राहदानी उपलब्ध गराउन यस्तो ब्यवस्था गर्न लागेको हो । त्यसका लागि विभागले यही जेठ १५ गतेदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खोलिने जनाएको हो।
राहदानीका लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्ने सेवाग्राहीलाई उक्त समयमा विभागले राहदानीसम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ।