युवापोष्ट, २८ बैसाख काठमाडौँ —आज बुधबारदेखि रिभर फल्स पावर कम्पनीको प्राथमिक सेयर आईपीओमा आवेदन खुलेको छ । कम्पनीले आफ्ना कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता सेयर अंकित मूल्य १ सयका दरले जम्मा रु पच्चीस करोड अठ्तिस लाख नौ हजार रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको हो ।
आवेदन न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म दिन सकिन्छ । ढिलोमा जेठ ४ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । आफ्नो बैंक खाता रहेको जुनसुकै शाखा वा सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरबाट आवेदन दिन सकिनेछ ।