युवापोष्ट १३ जेठ, बुटवल। रूपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपोमा ट्याङ्करबाट डिपोमा तेल खन्याउने क्रममा दुईवटा ट्याङ्करमा अचानक आगलागी भएको छ । समयमा नियन्त्रण भएकालेाो भलबारीस्थित आयल निगममा ान आगलागीको ठूलो दुर्घटना हुनबाट जोगिएको छ।
ईलाका प्रहरी कार्यालय मंगलापुर अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा बिहान ११:४० मा लागेको आगो त्यसको १५ मिनेट भित्र नै नियन्त्रणमा आयो तर पनि एउटा ट्यांकर पूर्ण रूपमा क्षति भएको छ।
प्रहरीका अनुसार लु २ ख २६५६ नम्बरको ट्यांकरमा पूर्ण रूपमा क्षति भएको छ। त्यसैगरी आगलागीमा परी ट्यांकरका एक जना हेल्पर घाइते छन्।
प्रहरी नायब निरीक्षक लक्ष्मण डाँगीका अनुसार तिलोत्तमा ९ का १८ वर्षीय विजेश चौधरी घाइते भएका छन्। उनको हात र खुट्टामा जलेर घाइते भएको डाँगीले जानकारी दिए।
सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलबारी आयल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएका थिए। यस अघि २०७७ कार्तिक ६ गते पनि यो डिपोमा आगलागी भएको थियो र १० मिनेटको समय भित्र नै नियन्त्रण भएको थियो । यसमा एउटा ट्याङ्करको अघिल्लो भाग नष्ट भएको थियो ।