रोनाल्डोले म्यान्चेस्टर युनाइटेडमा आइकोनिक ७ नम्बरको जर्सी लगाउने
क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिगको २०२१–२२ सिजनका लागि म्यान्चेस्टर युनाइटेडमा ‘आइकोनिक’ ७ नम्बरको जर्सी लगाउने भएका छन् । रोनाल्डो हालै मात्र युभेन्टस छाडेर ओल्ड ट्राफोड फर्किएका हुन् । म्यान्चेस्टर युनाइटेडले विज्ञप्ति जारी गर्दै यस कुराको पुष्टि गरेको हो ।