जर्मन क्लब बायर्न म्युनिख, इंग्लिस क्लब चेल्सी तथा स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व डच स्टार आर्जेन रोबेनले व्यवसायिक खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । उनले व्यवसायिक खेल करियरमा ७०५ खेल खेल्दै २४६ गोल तथा १९३ असिस्ट दिएका थ्एि। उनले सन् २००९ देखि २०१९ मा बायर्नमा रहँदा एक च्याम्पियन्स लिग, एक युइएफए सुपरकपसँगै ८ जर्मन बुन्डेसलिगा र समान ५ पटक जर्मन कप र डिएफएल सुपरकपको उपाधि समेत जितेका थिए ।