09:25:55 am 03-Jul-2022

रोहिणी बस दुर्घटनाका ५ जना मृतकको सनाखत र घाईतेलाई उपचारमा कुनै कसर नराख्न गृहमन्त्रीको निर्देशन


<strong>रोहिणी बस दुर्घटनाका ५ जना मृतकको सनाखत</strong><strong> </strong><strong>र घाईतेलाई उपचारमा कुनै कसर नराख्न गृहमन्त्रीको निर्देशन</strong>

युवापोष्ट २२ जेठ, बुटवल । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ : २० बजे भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए । बसमा सवार सबै ३३ जना यात्रु घाईते भएका छन् । दुर्घटनामा ९ जना मृतक मध्ये छ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा एक महिला र ८ पुरुष रहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिएका छन् ।

रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक रेग्मीका अनुसार बिहान चार बजेर ४५ मिनेट जाँदा रोहीणी गाउँपालिका ३ मा पर्ने भैरहवा-परासी हुलाकी सडकखण्डमा पर्ने रोहीणी पुलमा जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये ५ जनको सनाखत भइसकेको छ । रेग्मीका अनुसार रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमा २ का विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्णप्रसाद बस्याल र भारतका अरविन्द्र शर्माको सनाखत भएको छ । बाँकीको सनाखत हुन बाँकी छ भने बसमा सवार ३३ जना सबै घाइते छन् ।

दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए । घाइतेमध्ये १६ जनाको अवस्था सख्त र ९ जनाको अवस्था भने मध्यम रहेको उनले बताए । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाईते मध्ये १६ जनाको अवस्था गम्भिर छ । घाईते मध्ये ९ जना मध्यम अवस्थामा रहेका छन् । चालक निदाएका कारण दुर्घटना हुन सक्ने प्रारम्भिक अनुमान रहेको छ ।

गृह मन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले यस दुर्घटनाका घाइते भएकाहरूको शीघ्र स्वास्थ्योपचार गर्न कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन् । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेहरूलाई तत्काल अस्पत्ताल पुर्‍याएर उपचारको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

त्यस्तै उनले घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरीटेन्डेन्ट डा. शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई घाइतेहरूको यथाशक्य चाँडो उपचारको व्यवस्था गर्न आग्रह गरेका हुन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]